स्पेनलाई यु–२१ युरो कप फुटबल

एजेन्सी, स्पेन । यु–२१ युरो कपको उपाधि स्पेनले जितेको छ । अघिल्लो संस्करणमा जर्मनीसँग पराजित भएर उपविजेता बनेको स्पेनले यो संस्करणमा त्यसको बदला पनि लिएको छ । सन् २०१७ मा स्पेन जर्मनीसँग नै पराजित हँुदै उपाधि विमुख भएको थियो । यसपटक स्पेनले उक्त हारको बदला लिन सफल भयो ।

यससँगै स्पेनले यु–२१ उपाधि जित्ने इटालीसँगको कीर्तिमानलाई बराबरी गरेको छ । इटालीले सर्वाधिक ५ पटक उपाधि जित्दै कीर्तिमान बनाएको थियो । जर्मनीमा भएको खेलमा स्पेनको जितमा फावियन रुइज र डानी ओल्मोले गोल गरे । घरेलु टोलीका नादिम आमिरीले सान्त्वाना गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको सुरुमै स्पेनले अग्रता लिन सफल भएको थियो ।

सातौँ मिनेटमा फावियन रुइजले गोल गर्दै स्पेनलाई पहिलो हाफमा १–० को अग्रता दिलाएको थियो । ६९औँ मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाउँदै जिततर्फ डोर्याएका थिए । खेल सकिन १ मिनेट बाँकी रहँदा घरेलु टोलीका लागि नादिम आमिरीले गोल गर्दै खेलमा फर्काउने संकेत दिए पनि खेलमा फर्कन निकै ढिला भइसकेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा स्पेन २–१ ले विजयी हुन सफल भयो ।

प्रतिक्रिया