काठमाडौं । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सपोर्ट सेवा’ सञ्चालनमा ल्याएको छ । सो सेवाको माध्यमबाट एनआईसी एशिया सपोर्ट पेजमार्फत बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरु एकै स्थानमा एकीकृत गरिने छ । त्यस्तै, ग्राहकवर्गको सुविधाको लागि एकै स्थानबाट गुनासो सुनुवाइ गर्नुका साथै आवश्यक सूचनाहरु समेत प्राप्त गरिने बैंकले जनाएको छ ।
सो सेवाको प्रयोगबाट सेवाग्राहीले बैंकको वेबसाइटमा लगइन गरी लाईभ च्याटमार्फत् सहभागिता जनाउन तथा फिडब्याक पेजमार्फत सुझाव समेत राख्न एवं बैंकको सेवासम्बन्धी सूचना र नयाँ कार्यक्रमहरुबारे जानकारी पाउन सक्नेछन । हेल्पडेस्क पेजमा साइनइन गरी सेवाग्राहीले सुझाव तथा गुनासोहरु राख्नुका साथै ती सुझाव तथा गुनासोहरुको सम्बोधन बारे जानकारी प्राप्त गर्न सक्नेछन ।
प्रतिक्रिया