एजेन्सी । पेरु कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । उरुग्वेलाई पेनाल्टीमा ५–४ ले हराउँदै पेरु सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । लुइस सुवारेजको प्रहार पेरुका गोलकिपर पेद्रो गलेसेले बचाएपछि उरुग्वे निराश हुन पुग्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।
पेनाल्टी सुटआउटको पहिलो सट प्रहार गर्दा लुइस सुवारेजको प्रहार विपक्षी गोलकिपरले बचाए । त्यसपछिका अरु प्रहार गोलमा परिणत भयो । उरुग्वेका लागि इडिन्सन काभानी, क्रिष्टियन स्टुआनी, रोद्रिगो बेन्टान्कर र लुकास टोरेइराले गोल गरेका थिए । पेरुका लागि पाओलो गुरेरो, मानुयल रुइडियाज, भिक्टर योटन, लुइस इडिभनचुला र इडिन्सन फ्लोरेसले गोल गरेका थिए ।
स्ट्राइकर लुइस सुवारेजको पेनाल्टी प्रहारलाई पेरुका गोलकिपर पेड्रो गालेजले उत्कृष्ट बचाउँ गर्दा शनिबार उरुग्वे कोपा अमेरिकाको क्वार्टरफाइनलबाट बाहिरिएको छ । खेलको निर्धारित समयमा दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि लिइएको पेनाल्टी निर्णयमा पेरु सफल भएको हो । उत्कृष्ट तेस्रो टोलीको रूपमा अन्तिम आठमा स्थान बनाएको पेरु पेनाल्टीमा सफल हुँदा सेमिफाइनलको ढोका खुलेको हो ।
निर्णायक पेनाल्टी प्रहार गर्न आएको पेरुका एडिसन फ्लोरेसले पाँचौ पेनाल्टीलाई सदुपयोग गर्दा पेरुको सेमिफाइनल ढोका उघ्रेको हो । सुरुआतमा नै पेनाल्टी प्रहारमा आएका उरुग्वेका लुइस स्वारेको पेनाल्टीलाई पेरुका गोलकिपरले उत्कृष्ट बचाउ गर्दा अन्य चार खेलाडी पेनाल्टी अवसरलाई सदुपयो गर्न सफल भएका थिए । पेरुका सबै खेलाडीले पेनाल्टीलाई जाली चुमाउँदा उरुग्वे ५–४ ले स्तब्ध हुँदै क्वार्टरफाइन यात्राबाट बाहिरिएको हो ।
‘म मेरो टिमसँग सन्तुष्ट छु, उनीहरूको उत्कृष्ट खेललाई बयान गर्ने म सँग कुनै शब्द छैन,’ पेरुका कप्तान पाओलो गुएरेरोले भने, ‘हामीलाई धेरैले कमजोर आंकलन गरिरहेका छन् । उच्च मनोबलका साथ उपाधि उचाल्ने उद्देश्यमा पेरु निकै आतुर छ । सबै खेलाडी उपाधिका भोका छन् र पेरु सफल हुनेमा पूरै विश्वस्त छु ।’
शनिबार पेरुले पेनाल्टी सुटआउटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्दा जारी कोपा अमेरिकामा यो तेस्रो पेनाल्टी सुटआउटबाट निर्णय भएको हो । खेल अविधि भर उरुग्वेले गोलका लागि निकै प्रयास गरे पनि तीन अवसर अफसाइड भएका थिए । जिर्योजियन डे एरेसक्इटा, इडिन्सन काभिनि र सुवारेज तीनै निर्धारित समयमा गोल गरे पनि लाइन्स म्यानले अफसाइडको इसारा गरेका थिए ।
‘तीतो र निकै दुखको महसुस गरिरहेका छौँ । सेमिफाइनल पुग्नेमा हामी निकै आशावादी थियौँ । तर नतिजा निकाल्नमा चुक्यौँ,’ उरुग्वेका कप्तान डिएगो गोडिनले भने, ‘हामीले पाएका अवसरलाई गोलमा परिणत गर्न सकेनौँ । सदुपयोग गरेका केही अवसर अफसाइड भए ।’ यस अघि बिहिबार भएको खेलमा ब्राजिलले पाराग्वेलाई पनि पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो ।
यस्तै साविकको विजेता चिलीले पनि कोलम्बियालाई पनि पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । चिलीले कोलम्बियालाई ५–४ ले स्तब्ध बनाएको थियो । क्वार्टर फाइनलमा भेनेजुएला माथि २–० को स्पष्ट जित निकाल्दै अर्जेन्टिनाले मात्र निर्धारित समयमा जित निकाल्दै अन्तिम चारको बाटो कोरेको थियो ।
उरुग्वेलाई स्तब्ध पारेको पेरुले फाइनल प्रवेशका लागि बुधबार चिलिको सामना गर्नेछ भने अर्को सेमिफाइनल खेल आयोजक ब्राजिल र अर्जेन्टिनाबीच हुनेछ । सन् १९३९ र १९७५ को कोपा अमेरिका विजेता पेरु चार वर्ष अगाडि भएको कोपामा अमेरिकाको सेमिफाइलनमा चिलीसँग पराजित भएको थियो ।
प्रतिक्रिया