आइफा अवार्डलाई एक अर्ब दिने रे, यो के हो सरकार ?

गएको प्रतिनिधिसभाको निर्वाचनकोे समयमा नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले नेपालमा कम्युनिस्टहरूको एकमना सरकार आए जनताहरूले रुन पनि पाउँदैनन् देश अधिनायकवादमा जान्छ भनेर भनेको थियो त्यो वेला शेरबहादुरको भनाइलाई हावामा उराइयोतर अहिले शेरबहादुरको भनाइ कतै साचो त हुन गइरहेको छैन भनेर आम नागरिकहरूले भन्न थालेका छन् ।

नेकपाको दुईतिहाइको बहुमतको सरकारको गतिविधि कार्यलाइ हेर्दा यस्तै देख्न थालेका छन् आमनागरिकहरूले । पछिल्लो समयमा सरकारले ल्याउन लागेको विधेयकहरू ऐनकानुनहरू मा ठुलो विवादहरूसिर्जना भइरहेका छन् भने आमनागरिकले यसमा असन्तुष्टि जाहेर गरिरहेका छन् । सरकारले राष्ट्रिय सभामा पेस गरेको गुठी विधेयकले ठूलै आन्दोलनको रूप लियो । गुठी विधेयकको विरोधमा उपत्यकाका रैठानेहरूले आफ्नो शक्ति प्रदर्शन गरेर माइतीघर मण्डेलामा लाखाैँ गुठीयारहरू शुभचिन्तकहरूको भेला गराएर ओली सरकारलाई तर्साइदियो भने चारजना नेवाःले विरोध गरेर भाडाका गुठियार सामन्तवाद भन्नेहरूको मुखमा बुझो लगाइदियो उपत्यकाका रैथानेहरुले ।

त्यसै गरी मिडिया काउन्सिल विधेयक मानब अधिकारविधेयक सुचना प्रविधि र विज्ञापन ऐनको अहिले पनि विरोध भइरहेका छन् । यो डेढ वर्षको समयमा सरकारले जनतालाई राहत दिनुको सट्टा आहत मात्रै दियो भन्दा पनि फरक नपर्ला । काठमाडांैका नागरिकहरूलाई राहट हुने मेलम्चीको पानी भने ल्याउन सकेन खानेपानी मन्त्री विना मगरले झुठमाथि झुठ मात्र बोलिरहे । तर, विवादित विधेयकहरू ल्याएर भने एकपछि अर्को गरी जनताहरूलाई आहत मात्र दिइरहे ।

नेपालमा आइफा अवार्ड कार्यक्रम गार्दा बलिउडका थुप्रै निर्माता निर्देशक कलाकारहरू नेपालमा आउँछन् नै यसले केही हदसम्म भविष्यमा बलिउडको चलचित्रहरूको नेपालमा छायांकन गर्न आउने प्रोत्साहन र सहयोग हुनेत देखिन्छ तर सरकारले चलचित्र विकाश बोर्डले र नेपाल पर्यटन बोर्डले भने जस्तो नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन भने हुने भने देखिँदैन

पछिल्लो समयमा नेपाल सरकारले देशको १ अर्ब रकम खर्च गरेर आइफा अवार्ड इन्टरनेसनल इन्डिया फिल्म अवार्ड नेपालमा गर्ने तयारी गरिरहेको चर्चा छ । देशको कतिपय स्वास्थ्य चौकीमा १ हजार रुपैयाँको सिटामोल पठाउन नसकिने पठाउन नचाहने सरकारले एक अर्ब दिएर किन विदेशी आइफा अवार्ड कार्यक्रम गर्न प¥यो र यो एक किसिमको दलाली प्रवृत्ति होइन र भनेर आलोचना भइरहेका छन् । नेपालीहरूको मेहनतको कमाइमा विदेशी को मोजमस्ती मनोरजन को लागि किन खर्च गर्न प¥यो यदि नेपालमा आएर आइफा अवार्ड गर्न परे आफ्नै खर्च गरेर गरून् न हाम्रो देशको रकम खर्चेर किन आइफा अवार्ड किन गराउनुप¥यो र । सरकारको यस्तै पाराले आमनागरिकहरू माझ सरकार अलोकप्रिय भइरहेको छ ।

सरकार नेपाल पर्यटन बोर्ड चलचित्र विकाश बोर्डको भनाइमा नेपालमा आइफा अवार्डको कार्यक्रम गर्दा नेपालको पर्यटनको प्रवद्र्धन हनेछ २०२० मा नेपाल पर्यटन वर्ष मनाउनको लागि यसले पर्यटन प्रवद्र्धन गर्न सहयोग हुने भनाइ रहेका छन् आफ्नो देशको पैसा खर्च गरेर त्यो पनि बलिउडको चलचित्रको अवार्ड कार्यक्रम गरेर नेपालको पर्यटनको प्रवद्र्धन हुनेछ भनेर हावादारी तर्क गर्नेहरूको बुद्धि असनको साँढेको जति पनि रहेन ।

बलिउड चलचित्रको आइफा अवार्डको कार्यक्रम नेपालमा आयोजना गर्दा कसरी पर्यटनको प्रवद्र्धन हुन्छ त्यो पनि देशको करौडौँ रकम खर्चेर । चलचित्र विकाश बोर्डको अध्यक्ष केशव भट्राई एकजना चलचित्र कलाकार निर्माता अधिकांश चलचित्र कलाकारहरूको भनाइमा देशको पैसा खर्च गरेर विदेशी आइफा अवार्ड कार्यक्रम गर्न लागेकोमा आलोचना विरोध गरिरहेका अवस्थामा भने केशब भट्टराईले भने नुनको सोझो गरिरहेका छन् आफ्नो चलचित्र शुक्रबार प्रदर्शन हुने भएपछि विदेशी चलचित्रलाई बुधबार प्रदर्शन गर्न नदिने केशव भट्टराईले अहिले करौडौँ देशको रकम खर्च गरेर गर्न लागेको आइफा अवार्ड गर्दा नेपालको पर्यटन को प्रवद्र्धन हुन्छ भनेर आफ्नो दलालीपन देखाइरहेका छन् ।

पछिल्लो समयमा सरकारले नेपालमा विदेशी चलचित्रहरूको छायाँकन गर्न आउने वातावरणसमेत सरकारले बनाउन सकिरहेका छैनन् बरु नेपाली चलचित्रहरू नेपालको अमूल्य डलर खर्च गरेर विदेशमा चलचित्रको छायांकन गर्न जाने गरिरहेका छन् । विगतमा नेपालमा थुप्रै विदेशी चलचित्रहरूको छायाँकन गर्न नेपालमा आउने गरेका थिए विगतमा नेपालमा थुप्रै बलिउडलगायत विदेशी चलचित्रहरूको छायांकन गरिसकेका छन् । तर, पछिल्लो समयमा विदेशी चलचित्रहरूको छायांकन गर्न आउने शून्यजस्तै छ ।

नेपालमा आइफा अवार्ड कार्यक्रम गार्दा बलिउडका थुप्रै निर्माता निर्देशक कलाकारहरू नेपालमा आउँछन् नै यसले केही हदसम्म भविष्यमा बलिउडको चलचित्रहरूको नेपालमा छायांकन गर्न आउने प्रोत्साहन र सहयोग हुनेत देखिन्छ तर सरकारले चलचित्र विकाश बोर्डले र नेपाल पर्यटन बोर्डले भने जस्तो नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन भने हुने भने देखिँदैन । यसमा आमनागरिकहरूको भनाइ प्रश्न नेपालमा आइफा अवार्ड गर्न परे आफ्नै पैसाले गरून् न किन नेपाल सरकारले खर्च गरेर अवार्ड कार्यक्रमको आयोजना गर्नुप¥यो भन्ने भनाइ रहेका छन् ।

यसमा आमनागरिकहरूको विमति रहेका छन् । बलिउडको आइफा अवार्ड बलिउड फिल्म इन्डस्ट्रिजको लोकप्रिय अवार्ड हो यो अवार्ड कार्यक्रम वर्षै पिच्छे विदेशमा गर्ने गरिरहेका छन् । भने यसमा थुप्रै बलिउड का चलचित्रकर्मीहरूको सहभागिता रहँदै आइरहेका छन् । विगतमा अरू देशमा कार्यक्रम गर्दा आइफा आफैँले खर्च गर्ने गरेको चर्चा छ । तर, नेपालमा गर्दा मात्र किन नेपालको पैसा खर्च गर्ने भन्ने पनि भनाइ रहेका छन् सरोकारवालाहरूको ।

विदशीहरूले नेपालमा आएर कुनै पनि कार्यक्रमहरू गर्ने भनेको नेपालको लागि राम्रो हो । तर आफैँले खर्च गरेर गर्न पर्ने होइन र हामीले खर्च खर्न गर्न पर्ने । नेपालीहरूले विदेशमा विदेशको भूमिमा ६० डिग्रीको तापमानमा मेहनत गरेर पठाएको रेमिट्यानसले चलेको देशमा विदेशी चलचित्रकर्मीहरूलाई ज्वाइँ सत्कार गरेजस्तो सत्कार गर्न पर्ने नेपाल सरकारको यस्तो बाध्यता किन पर्यो ओलीज्यु ।

दुईतिहाइको सरकारले एकपछि अर्को गरी किन विवादास्वपद र अलोकप्रिय कामहरू गर्ने गरीरहेको ? नेकपाको दुई तिहाइको बलियो भनेको ओली नेतृत्वको सरकारको काम र गतिविधिलाई हेर्दा देख्दा काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर भन्ने उखान जस्तै भइरहेका छन् त्यसो त हाम्रा प्रधानमन्त्री पनि उखानको हेडमास्टर नै हो । गुठि विधेयकको विरोध गर्दा भ्रम छ¥यो भन्ने सरकारले अहिले आइफा अवार्ड गर्दा नेपालको पर्यटनको प्रवद्र्धन हुन्छ भनेर भ्रम छरेन त ?

प्रतिक्रिया