नर्सरीबाट १० लाख कमाउने लक्ष

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–६ मा रहेको विकास नमुना नर्सरी उद्योगले यस आव भित्रमा १० लाख कमाउने लक्ष लिएको छ । नर्सरी सञ्चालनमा तीन लाख लगानी गरिएको छ ।

नर्सरी उद्योगमा अहिले ओखर, जुनार, कागती, सुन्तला, अनार, छोक्रा, टिमुर, बकाइनो, शीतलचिनी, मेवा, चिउरी आदि विरुवा रहेका छन् । नर्सरीले विरुवा अनुसारको मूल्य कायम गरेको छ । सय रुपैयाँदेखि दुई सम्म रुपैयाँका विरुवा यहाँबाट खरिद गर्न सकिनेछ । नर्सरी उद्योग सञ्चालनमा आएपछि खाँडाचक्र नगरपालिका मात्र नभई अन्य पालिका तथा अन्य जिल्लका नागरिकलाई पनि बोटविरुवा किन्न सहज भएको छ ।

कृषि प्राविधिक पढेर कुनै पनि सरकारी कार्यालयमा रोजगारीको अवसर नपाएका खाँडाचक्र नगरपालिका–.६ का बुबा मनसिंह शाहीका छोरा विकास शाहीले नर्सरी उद्योग सञ्चालनमा ल्याएका हुन् । उनले यो नर्सरी उद्योग सञ्चालनमा ल्याएसँगै गरिब घरपरिवारलाई राहत मिलेको छ । रोजागारीका लागि भौतारिएर विदेश जानेहरूलाई पनि यस नर्सरी उद्योगले पाठ सिकाएको छ । २२ वर्षका विकास शाहीले गरेको यो अतिमत्वपुर्णकामको प्रशंसा गदै खाँडाचक्र नगरपालिका वडा नं.६ का वडा अध्यक्ष जगदिश शाहीले विका समाज विकास नमुना नर्सरी उद्योगलाई प्रोत्साहन स्वरुप वडा कार्यालयबाट पनी केही सहयोग गर्ने बताएका छन् ।

खाँडाचक्र नगरपालिका कृषि शाखा कालिकोटले प्राविधिक सहयोग, पोखरी प्लास्टिकजस्ता समानहरू सहयोग गरेको कृषि शाखा प्रमुख पर्शुराम काफ्लेले जनाए । गाउँमा नै नसरी उद्योग सञ्चालनमा ल्याएका विकास शाहीले अब यही नर्सरी उद्योगबाट उत्पादन भएका बोटविरुवाहरू, फलपूmलका विरुवालगायत समस्त बोटविरुवाहरू न्यून दरमा दिई व्यवसायलाई अग्रसर गराउने उनले बताएका छन् ।

विकासका बुबा मनसिंह शाहीका अनुसार अब बर्खाको समयमा यी सबै बोटविरुवाहरू बेचीसक्ने बताएका छन् । उनले भने, ‘अहिले उत्पादन भएका बोटविरुवाहरू किसानहरूलाई पु¥याउन अप्ठ्यारो छ, किसानहरूले पहिलेदेखि नै बोटविरुवा राखिदिनु भनेर भनेका छन् ।’ हाल उक्त नर्सरी उद्योगमा १० हजार अनार, १२ सय ओखर, १ हजार कागती, २ हजार सुन्तला र २ हजार जुनारका बोटविरुवा रहेका छन् ।

प्रतिक्रिया