मुगु । आर्थिक वर्ष ०७५-७६ मा लक्ष्यभन्दा बढी मुद्दा फर्स्याेट भएको जिल्ला अदालत मुगुले जनाएको छ । जिल्ला अदालत मुगुमा दर्ता भएका नयाँ पुराना गरी कुल १ सय १९ मुद्दा मध्ये असारमसान्तसम्म ८८ वटा मुद्दा फर्स्याेट भएको जिल्ला अदालतका सेस्तेदार रुद्रप्रसाद अर्यालले बताए ।
यो वर्षको साउन यता ८५ वटा मुद्दा फैसला गर्ने अदालतको लक्ष्य भए पनि कुल ८८ वटा मुद्दा फैसला गरेको जानकारी गराउँदै श्रेस्तेदार अर्यालले लक्ष्यभन्दा बढी मुद्दा पस्र्याेट भएको बताए ।
अघिल्लो वर्ष सरिआएका ३३ र यो वर्षका ८६ गरी जिल्ला अदालत मुगुमा १ सय १९ मुद्दा दर्ता भएको जिल्ला अदालत मुगुले जनाएको छ । अघिल्लो वर्ष सरिआएका ३३ मध्ये ३१ वटा मुद्दा फर्स्याेट भएका र बाँकी २ वटा मात्र बाँकी रहेका छन् ।
यो वर्षको असारसम्म नयाँ ८६ वटा मुद्दा दर्ता भएकोमा ५७ वटा फर्स्याेट भई २९ वटा बाँकी रहेका श्रेस्तेदार अर्यालले जानकारी दिए । उनका अनुसार सरकारी फौजदारीका २६ वटा मुद्दा दर्ता भएकोमा १६ वटा फस्र्याेट भई १० वटा बाँकी रहेका छन् भने व्यक्तिवादी देवानीका २८ वटा दर्ता भएकोमा १९ वटा फस्र्याेट भई नौ वटा बाँकी रहेको अर्यालले जानकारी दिए ।
सम्बन्ध विच्छेदका २१ वटा मुद्दा दर्ता भएको भए पनि १८ वटा मुद्दा फर्स्याेट भई तीन वटा मात्र बाँकी रहेको छ । सम्बन्ध विच्छेदका मुद्दा बढी दर्ता हुनुमा सानै उमेरमा विवाह गर्नु, गरिबी र आपसी मेलमिलाप नहुनुले श्रेस्तेदार अर्यालको भनाइ छ । सम्बन्ध बिच्छेद गर्नेमा २० देखि २५ वर्ष उमेर समूहका रहेका जिल्ला अदालत मुगुले जनाएको छ ।
प्रतिक्रिया