सर्लाहीमा जेसीबीको आउटलेट

काठमाडौं । नेपालको लागि जेसीबीब्रान्डका अर्थमुभिङ तथानिर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सर्लाही जिल्लाको हरिओनमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ आउटलेटबाट जेसीबीकाग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा दिने कम्पनीले जनाएको छ । नयाँ आउटलेटको उद्घाटन नगरपालिकाका मेयर गणेश प्रसाईंले गरे ।

सो क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको गिरिजा अर्थमुभर्सका यन्दु जैनले बताए । उद्घाटन समारोहमा हरिओन, बागमति, लालबन्दी र छिमेकी जिल्लाका ग्राहकहरुको सहभागिता रहेको थियो ।

यो सहित जेसीबीले नेपालमा १३ वटा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, पश्चिम रुकुम र बनेपामा यसअघि नै जेसीबीकाआधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् । जेसीबीका मेसिनहरुको संख्या बढी रहेका नेपालकाअन्य ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’ का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य एमएडब्लु अर्थमुभर्सले लिएको छ ।

प्रतिक्रिया