काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस शेयर पारित भएको छ । शनिबार बसेको बाह्रौ वार्षिक साधारणसभाले उक्त बोनस पारित गरेको हो । साधारण सभाले आर्थिक वर्ष २०७४÷०७५ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १ दशमलव ५ प्रतिशत बोनस सेयर दिने बैंकको प्रस्ताव पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७४÷०७५को वासलात, नाफारनोक्सान हिसाब, नगदप्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७५÷७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावीकार्य योजना समेत प्रस्तुत गरेका थिए । त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले यस बैंकको भावी रणनीति प्रस्तुत गर्दे यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापति गराउने कार्ययोजना रहेको बताए ।
प्रतिक्रिया