अमेरिका सेमिफाइनलमा

एजेन्सी, फ्रान्स । साविक विजेता अमेरिका फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । शनिबार भएको खेलमा आयोजक फ्रान्सलाई २–१ ले हराउँदै अमेरिका सेमिफाइनलमा पुगेको हो । अमेरिकाको जितमा दुवै गोल मेगान रापिनाईले गरेकी थिइन् । उनले दुवै हाफमा १–१ गोल गरिन् ।

पार्क डि प्रिन्स स्टेडियममा शुक्रबार भएको खेलमा अमेरिकाले घरेलु टोली फ्रान्सलाई स्तब्ध पार्दै अन्तिम चारको यात्रा तय गरेको हो । अब अमेरिकाले फाइनल प्रवेशका लागि जुलाई २ मा इंग्ल्यान्डसँग खेल्नेछ । अमेरिकाको जितमा मेगन रापिनोइले दुवै गोल गरिन् । फ्रान्सकी वेन्डी रिनार्डले एक गोल फर्काइन् । खेलको पाँचौँ मिनेटमा नै मेगनको गोलबाट अमेरिका १–० ले अघि बढेको थियो ।

पहिलो हाफमा १–० को अग्रता लिएको अमेरिकाले ६५औँ मिनेटमा मगेनको गोलबाट अग्रता दोब्बर बनायो । ८१औँ मिनेटमा वेन्डी रिनार्डले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएपनि थप गोल निस्कन नसक्दा फ्रान्स २–१ ले स्तब्ध बन्न पुग्यो । खेलभर नै फ्रान्सले अमेरिकालाई दवावमा राखेको थियो ।

६५औँ मिनेटमा टोबिन हिथलेको पासमा रापिनोईले गोल गर्दै अमेरिकालाई दुई गोलको अग्रता दिलाइन् । पहिलो हाफमा एउटा सट पनि टार्गेटमा हान्न नसकेको फ्रान्सले दोस्रो हाफमा भने विन्डी रोनार्डको हेडर गोलका कारण फ्रान्समा आशा जागेको थियो । तर, थप गोल हुन नसक्दा अमेरिका सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा अमेरिकाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया