काठमाडौं । प्रगतिवादी साहित्यकार सरल सहयात्रीलाई ‘फेडोल उत्कृष्ट सिर्जना पुरस्कार २०७६’ प्रदान गरिएको छ । फेमकुमारी डोरनाथ ढुंगेल साहित्य प्रतिष्ठान र सांस्कृतिक संस्थानको सहआयोजनामा भएको उक्त कार्यक्रममा साहित्यिक विमर्श समेत गरियो ।
कार्यक्रममा फेमकुमारी डोरनाथ ढुंगेल साहित्य प्रतिष्ठानबाट हरेक वर्ष प्रदान गरिने उक्त पुरस्कार ‘शिखरको ढुंगा’ उपन्यासका लेखक सहयात्रीलाई नगद दश हजारसहित सम्मान प्रदान गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष राममणि ढुंगेलले संस्था स्थापना र पुरस्कारका बारेमा मन्तव्य राखेका थिए । उनले आफ्ना माता पिताका नाममा पुरस्कार स्थापना गरी नेपाली कला साहित्यको सेवा गर्दै आएका बताए । प्रतिष्ठानले आफ्नो कृतिलाई उत्कृष्ट ठानी पुरस्कृत गरेको धन्यवाद दिँदै सहयात्रीले आफूलाई यसले हौसला मिलेको बताए ।
प्रतिक्रिया