ग्यास उत्खनन्को अन्वेषण हुँदै

दैलेख । पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल, चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउँदैछन् । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोली आइतबार दैलेख आउन लागेको हो ।

दैलेखको श्रीस्थान लगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन्को सम्भावना बारेमा चीनले नेपालमा पहिलो पटक पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गर्न लागेको छ । पेट्रोलियम पदार्थको अन्वेषणका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक टोली नेपाल आइसकेका छन् । फरक–फरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको काम थालनी गरिने खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाकाले जानकारी दिए ।

उनले भने ‘हामीले सुरुमै आएर उत्खनन् गर्ने होइन् । अबको अन्वेषणले पेट्रोलियम खानीबाट व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने भन्ने पहिल्याउने छ ।’ व्यावसायिकरूपमा उत्पादन गर्न सम्भव भए कुन क्षेत्रमा उत्खनन् गर्दा सहज हुन्छ भन्नेबारे अध्ययन पनि गरिने उनको भनाइ छ ।

उत्खनन् लागत अनुसारको व्यवसायिक उत्पादनको सम्भाव्यता यकिन गरिने विभागका महानिर्देशक सापकोटाले बताए । दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । दैलेखको श्रीस्थान जमिन मुनिबाट निस्किएको ग्यास अखण्ड दीपकारूपमा मन्दिरमा बाल्ने गरिएको छ । त्यो करिब तीन सय वर्षदेखि बलिरहेको स्थानीय बताउँछन् । दैलेखकै नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने स्थानमा अन्वेषण गरिने जानकारी आएको छ ।

लामो रस्साकस्सीपछि संविधान सभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो । नयाँ संविधान जारी भए लगत्तै मधेस केन्द्रित राजनीतिक दल संविधान संशोधनको माग राख्दै आन्दोलनमा उत्रिए । सोही आन्दोलनलाई छिमेकी मुलुक भारतले साथ दिँदै तराई केन्द्रित दलहरूको माग संविधान संशोधन नगरेका कारण भारतले नेपालमाथि नाकाबन्दी लगायो ।

नाकाबन्दीको वेला सरकारले डटेर सामना ग¥यो । त्यसवेला पनि केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । नाकाबन्दीका वेला मुलुकमा पेट्रोलियम पदार्थको चरम संकट प¥यो । त्यसवेला नेपालमै खानी उत्खननका आवाजहरू उठे । लगत्तै तत्कालीन सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोली २०७२ पुसमा दैलेख आइपुग्यो । पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न दैलेख आएका मन्त्री पाण्डेले दैलेखको श्रीस्थानमा पुगेर पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना कार्यको सुरुआत गर्ने उद्घोषण गरेका थिए ।

चार वर्ष पहिले पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना कार्यको सुरुआत भए असार १५ गते आइतबार औपचारिक उदघाटन हुने भएको छ । दैलेखका निर्वाचन क्षेत्र नं. १ सांसद रवीन्द्रराज शर्माले दैलेख बासीको सपना साकार पार्न वर्तमान सरकार लागिपरेको बताए । उनले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण र यही वर्षबाट दैलेख हुँदै चीनको नाक्चेनाग्ला सम्मको सडकको ट्रयाक खोल्न आवश्यक पर्ने बजेट बिनियोजन गरेसंँगै दैलेख जिल्लाको समृद्धिको यात्रा तय भएको बताउँदै उनले भने ‘अब दैलेखबासीले आफ्नो सपना पूरा भएकामा गर्व गर्नुपर्छ ।’

प्रतिक्रिया