इंग्ल्यान्ड विश्वकपको सेमिफाइनमा

एजेन्सी, फ्रान्स । इंग्ल्यान्ड महिला फुटबल विश्वकपको सेमिफाइनलमा पुगेको छ । नर्वेलाई ३–० ले हराउँदै इंग्ल्यान्ड लगातार दोस्रो पटक सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । हाभ्रेमा भएको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई जित दिलाउनका लागि जिल स्कट, एलेन ह्वाइट र लुसी ब्रन्जले एक–एक गोल गरे । उत्कृष्ट खेल प्रदर्शन गरेको इंग्ल्याण्डले खेलको तेस्रो मिनेटमै स्कटको गोलमार्फत अग्रता लियो ।

ब्रन्जको पासमा स्कटले गोल गरेकी थिइन् । ४०औँ मिनेटमा एलेन ह्वाइटले गोल गर्दै पहिलो हाफअघि इंग्ल्यान्डलाई २–० को अग्रता दिलाइन् । ५७औँ मिनेटमा ब्रन्जले गोल गरेपछि इंग्ल्यान्डले ३–० को अग्रता लियो । ८३औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । तर, निकिता पेरिसको प्रहार नर्वेकी गोलकिपरले बचाएपछि इंग्ल्यान्ड ३–० ले विजयी भयो । सेमिफाइनलमा इंग्ल्यान्डले फ्रान्स र अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया