काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेललाई नियुक्त गरेको छ । बिहीबार रातिको मन्त्रिपरिषद् बैठकले पोखरेललाई महानिर्देशकमा नियुक्त गरेको हो । पोखरेल प्राधिकरणका १२ औं तहका ५ उपमहानिर्देशकमध्ये वरिष्ठ थिए ।
विसं २०४७ मा तत्कालीन हवाई सेवा विभागबाट राजपत्राङिकत तृतीय श्रेणी (प्राविधि सेवा )मा सेवा प्रवेश गरेका पोखरेलसँग नागरिक उड्डयन सुरक्षासँग विशेष अनुभव छ । यसअघि पोखरेल नागरिक उड्डयन सुरक्षा नियमन निर्देशनालयको उपमहानिर्देशको पदमा कार्यरत थिए । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को उडान सुरक्षा अडिट कार्यक्रमको नेपालको राष्ट्रिय संयोजकका रुपमा काम गरेका थिए ।
यसअघिका महानिर्देशक सञ्जीव गौतम ४ वर्षको कार्याकाल पूरा गरी जेठ १३ गते अवकाश लिएका थिए । गौतमको अवकाशपछि पोखरेल निमित्त महानिर्देशको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिक्रिया