सुकेधारामा हिमालयन बैंकको ५९ औं शाखा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका— ४, सुकेधारमा ५९ औ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच गरे । सो अवसरमा उनले नेपालको आधुनिक बैंकिङ्ग क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दौ र विश्वसनीय भएको र यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले ग्राहकबर्गहरुलाई अत्याधुनिक बैंकिंग सेवा सुविधाका दिने बताए ।

साँथै, उनले उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष श्रेष्ठले समृद्धिका लागी साना तथा मझौला उद्यम तथा व्यवसायको बृहत प्रवद्र्धन आवश्यक रहेको र त्यसका लागी हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै अगाडि बढ्ने बताए ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रयमासको अन्त्य सम्ममा १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरि कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । बैंकले चालू वर्षको ९ महिनामा रु. २ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ । हाल बैंकको एटिएम संख्या १२० र विप्रेषण भुक्तानी काउन्टर १३५०० भन्दा बढी रहेको छ ।

प्रतिक्रिया