मनाङ लक्ष्य सुखद अन्त्य

एजेन्सी, चेन्नई । एएफसी कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालको मनाङ मस्र्याङदीले भोली घरेलु मैदानमा भारतीय क्लब चेन्नइनसँग खेल्दै छ । प्रतियोगिताबाट बाहिरिसकेको मनाङका प्रशिक्षक छिरीङ लोप्साङले टिम सुखद अन्त्यको लक्ष्यमा रहेको प्रतिक्रिया दिएका छन् ।
मंगलबार आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा बोल्दै प्रशिक्षक लोप्साङले टिम जितका लागि मैदानमा उत्रने र त्यसका लागि यसअघिको भन्दा फरक किसिमले खेल्ने बताए । उनले भोलिको खेलमा जित निकालेर सकारात्मक नतिजाका साथ प्रतियोगिता टुंग्याउने लक्ष्यमा रहेको बताए ।
साथै उनले यसअघि अबहानी विरुद्धको खेलमा आत्मविश्वासको कमि थियो । जसका कारण हामीले हार्न पुग्यो । चेन्नइनका प्रशिक्षक जोन चाल्र्स ग्रेगोरीले भोलीको खेलमा जित निकालेर नकआउट चरणमा स्थान बनाउने लक्ष्य रहेको बताए ।

प्रशिक्षक जोनले मनाङ विरुद्ध उसकै मैदानमा खेल्नु दबाव भएपनि त्यो दबावबाट मुक्त भएर तीन अंकका लागि उत्रने बताए । समुहमा चेन्नइनको आठ अंक रहेको छ । भोलिको खेलमा जित निकाले उसले नकआउट चरणमा स्थान बनाउनेछ । तर उसले अबहानी लिमिटेड र मिनरेभा पञ्जाव विरुद्धको खेलको नतिजा पनि कुर्नुपर्नेछ ।

प्रतिक्रिया