क्यामरुनका खेलाडीबारे अनुसन्धान हुने

एजेन्सी, फ्रान्स । जारी फिफा महिला विश्वकप फुटबलमा क्यामरुनका खेलाडीले गरेको व्यवहारको अनुसन्धान हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले क्यामरुनी खेलाडीले इंग्ल्यान्डविरुद्ध गरेको व्यवहारको अनुसन्धान गर्ने जनाएको छ । फिफाले अनुसन्धानपछि कारवाहीबारे जानकारी दिने जनाएको छ ।

फ्रान्समा प्रतियोगिताको अन्तिम १६ अन्तर्गतको खेलमा क्यामरुन इंग्ल्यान्डसँग ३–० ले पराजित भएको थियो । उक्त खेलमा क्यामरुनी खेलाडीले इंग्ल्यान्डका खेलाडीहरूलाई खराब ट्याकल गर्नुका साथै रेफ्रीको निर्णयहरूमा आपत्ति जनाएका थिए । इंग्ल्यान्ड र क्यामरुनबीचको खेलपछि धेरै फुटबल विश्लेषकहरुले क्यामरुनी टिमको विरोध गरेका थिए । क्यामरुनी खेलाडीले फुटबल र खेल भावना विपरित कार्य गरेको उनीहरूले आरोप लगाएका थिए ।

प्रतिक्रिया