स्वीडेन महिला विश्वकपको अन्तिम आठमा

एजेन्सी, फ्रान्स । क्यानडालाई पराजित गर्दै स्वीडेन फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । सोमबार राति फ्रान्सको पेरिसमा भएको खेलमा स्वीडेनले क्यानडालाई १–० ले हरायो ।

स्टिना ब्ल्याकस्टेनसको दोस्रो हाफको गोल निर्णायक बन्दा स्वीडेन विजयी भयो । स्टेनसले खेलको ५५औँ मिनेटमा गोल गरेकी थिइन् । क्वार्टर फाइनलमा स्वीडेनले जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । जर्मनीले नाइजेरियालाई हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो ।

प्रतिक्रिया