ज्योति लाईफ र समर अस्पतालबीच सम्झौता

काठमाडौं । ज्योति लाईफ र समर अस्पतालबीच सम्झौता सम्झौता भएको छ । बीमा सेवाका अतिरिक्त देशको सम्पुर्ण प्रदेशहरुमा अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा प्रदेश २ जनकपुर स्थित समर अस्पतालसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरेको हो ।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीलाई विशेष कार्ड जारी गरिने छ । उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन ।

सम्झौता पश्चात जनकपुर लगायत आसपासका कम्पनीसंग आबद्ध सवै लाभान्वित हुने कम्पनी विश्वस्त रहेको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र समर अस्पतालका प्रबन्ध निर्देशक डा. सुजित यादवले हस्ताक्षर गरे ।

प्रतिक्रिया