एनसिसी बैंक र आइएमई पेबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ ।

एनसीसी बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरूको भुक्तानी गर्न सक्नेछन् ।

काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई पे का तर्फबाट महाप्रबन्धक खिलेन्द्र पौडेल र एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया