प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटलबीच सम्झौता

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटको तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरे । सम्झौता पछि प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

सो सम्झौता पश्चात ग्राहकले नेपालभर कुनै पनि ठाउँबाट खल्ती मार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथ वा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्ने छन । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्थापना सन् १२ मे १९९४ मा भएको हो । स्थापनाकालदेखि हालसम्म गुणस्तरीय सेवा र व्यवसायिकताका कारणले ग्राहकको सन्तुष्टि जित्न सफलहुनुका साथै स्थानीय र अन्तराष्ट्रिय बीमा क्षेत्रमा प्रतिष्ठा हासिलगर्न सफलभएको छ ।कम्पनीको चुक्ता पुंजी ५८ करोड ४० लाख रहेको छ ।

प्रतिक्रिया