रविनको ‘दिलहीरा’ सार्वजनिक

काठमाडौं । गायक रविन कान्दङ्वाको स्वर रहेको गीत ‘दिलहीरा’ अनप्लग भर्सन सार्वजनिक भएको छ । नवराज लम्सालको शब्द, हरि लम्सालको संगीत र चन्द्र चौधरीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अमृत सुनुवारले निर्देशन र छायांकन गरेको गीतको भिडियोमा दीपा चाम्लिङलाई फिचरिङ गरिएको छ । भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । संगीतकार हरि लम्सालले भने, ‘हामीले एउटा राम्रो गीत स्रोता र दर्शकमाझ पस्किएका छौ, यसले सबैको मन जित्नेमा हामी आशावादी छौं ।’

प्रतिक्रिया