पाल्पा । पाल्पाको अर्चलेका नागरिक यतिबेला उज्यालोमा बस्न पाउने भएपछि खुशी भएका छन् । विज्ञान र प्रविधिको युग भनिए पनि विद्युतको उज्यालो महसुस गर्न नपाएका नागरिक अहिले भने प्रदेश नम्बर ५ सरकारले सौर्यबत्ती वितरण गरेपछि भने दङ्ग छन् ।
सरकारको ९० प्रतिशत अनुदान तथा स्थानीय उपभोक्ताको करीब १० प्रतिशतमा २० वाट क्षमताको सौर्यबत्ती पाएपछि स्थानीय नागरिक उज्यालोमा बस्न पाउने भएको निस्दी गाउँपालिका – ६ का वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिए । केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा पुर्याउनका लागि गाउँमा खम्बा गाडिए पनि विद्युत सेवा नपाएर टुकीका भरमा जीवनयापन गरेका नागरिक सौर्यबत्तीबाट धेरै सहज हुने विश्वासमा छन् ।
स्थानीयवासी खेमबहादुर विकले खुशी हुँदै भने, ‘एउटा टुकीको भरमा छामछाम छुमछुम गर्दै भित्र बाहिर काम गथ्र्यौँ, घरमा बालबालिकालाई पढ्न पनि समस्या थियो, अब त उनीहरुलाई पढ्न पनि सजिलो हुने भयो । अर्चलेका ९३ घरपरिवारले सौर्यबत्ती प्राप्त गरेका छन् ।
प्रतिक्रिया