विमला तामाङ मृत्यु काण्ड, महानगरीय प्रहरी बृत्त गौशालामा प्रदर्शन

काठमाडौँ । बौद्धस्थीत समता अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेकी सोही अस्पतालमै कार्यरत विमला तामाङ्को शंकास्पद मृत्युलाई लिएर आफन्तहरुले आज निस्पक्ष छानबिनको माग गर्दै महानगरीय प्रहरी बृत्त गौशाला परिसरमा बिरोध प्रदर्शन गरेका छन् ।

मृतकका आफन्तहरुले निस्पक्षरु छानविन गरेर दोषीमाथि कारबाहीको माग गरेका हुन् । काभ्रेकी २७ वर्षीया तामाङको शव यही असार २ गते राति अस्पतालमै झुण्डिएको अवस्थामा फेला परेको थियो । समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित ३ जना हिरासतमा छन् ।

प्रतिक्रिया