काठमाडौं । आइटीएफ एसिया यु–१२ टिम च्याम्पियनसिपमा भाग लिन ६ खेलाडी र २ प्रशिक्षकसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेका छन् ।
पुरुषमा आरभसम्राट हाडा, प्रणव मानन्धर र सक्षमविक्रम शाह तथा महिलामा इभा अधिकारी, प्रशंसा मोक्तान र जेनी खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रशिक्षकमा कृष्णराज घले र आत्माराम कार्की छन् । टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता जुन २३ देखि २८ तारिखसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया