मुम्बई । बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘भारत’ मा अभिनय गरेबापत् अभिनेत्री दिशा पटानी निकै चर्चामा आउन सफल भइन् ।
उनले अभिनेता सलमानलाई उमेर ढल्किसकेको भन्ने बयानका कारण एकाएक चर्चामा आउन सफल भइन् । पछिल्लो समय उनी फेरि अर्को कारणले चर्चामा आएकी छन् । ‘भारत’ को मुख्य अभिनेत्रीको भूमिकामा क्याट्ररिना कैफले काम गरेकी छन् । चलचित्रमा क्याट्ररिनासँगै भए पनि यी दुवैले एकसाथ स्क्रिन साट्ने अवसर भने पाएनन् । यसकारण दिशा निराश बनेकी छन् ।
यी दुवै अभिनेत्रीको एकसाथको दृश्य नभएपछि चलचित्रको सुटिङ तालिका फरक फरक हुन गयो । समय तालिका फरक हुँदा क्याट्ररिनालाई भेट्न नपाएर दिशा निराश भएकी हुन् । एउटै चलचित्रमा काम गर्ने अवसर जुटे पनि आफूलाई मनपर्ने अभिनेत्रीलाई सुटिङका बेला भेट्न नपाउनु आफैमा दुःखद् कुरा हो । यस्तोमा निराश हुनु स्वभाविकै हो । अभिनेत्री दिशाका अनुसार उनी क्याट्ररिनाकी एकदमै ठूलो प्रशंसक हुन् ।
केही समयअघि उनले सलमानसँग अब कहिले पनि काम गर्न नपाउने भन्दै दुखित भएकी थिइन् । उनले सलमानको उमेर पाको भइसकेकाले पुनः अवसर नपाउने जिकिर गरेकी थिइन् । आफ्नो उमेर भइसकेको भन्ने दिशाको अभिव्यक्तिबाट सलमान भने खुसी भएनन् । यस अभिव्यक्तिप्रति सलमानले तिखो जवाफ फर्काए । उनले भनेका थिए, ‘म १७ वर्ष कान्छीसँग फिल्म गरिरहेको छु ।’
प्रतिक्रिया