रेशम चौधरीलाई अस्पतालमै सिक्रीले बाँध्नेलाई कारवाही गर्न निर्देशन

काठमाडौँ । टिकापुरमा भएको घटनाका आरोपी तथा निलम्बित सांसद रेशम चौधरीको यतिबेला वीर अस्पतालमा उपचाररत छन् । जन्मकैदको सजाय भोगीरहेका तत्कालीन सांसम चौधरीलाई उपचारका क्रममा पनि सैयामै खुट्टामा फलामको सिक्रीले बाँधिएको छ । सोही बिषयप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ती जनाएका छन् ।

अस्पतालको सैयामै सांसद चौधरीलाई सिक्रीले बाँधिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा आपत्ती जनाएका हुन् । टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको हो । अस्पतालको सैयामा उनको खुट्टामा १४ किलोको फलामको सिक्रीले बाँधेर राखिएको छ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन दाहालले बताए । उनले भने, ‘रेशम चौधरीको खुट्टामा कसले नेल लगाएको हो, उसलाई तत्काल कारवाही गर्न प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’

प्रतिक्रिया