शिव र मेलिनाको आवाजमा ‘फिलिलिली’

काठमाडौं । गायक शिव परियार र पछिल्लो निकै व्यस्त गायिका मेलिना राईको आवाजमा रहेको गीत ‘फिलिलिली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सृजना घिमिरेको शब्द सृजना रहेको फिलिलिलीमा संगीतकार बादल घिमिरेले संगीत दिएका छन् ।

भिडियोमा भद्रगोलका बले अर्थात् सागर लम्साल र सृजना घिमिरेको अभिनय रहेको छ । सुरेस बस्याललले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका हुन् । शिव र मेलिनाले एकैसाथ गाएको यो पहिलो गीत हो । बादल घिमिरेको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।

https://youtu.be/zPv3kpw8dKc

प्रतिक्रिया