सुजता तामाङका हत्याआरोपी सार्वजनिक

कृष्ण ओझा, पाँचथर । माइक्रोफाइनान्समा काम गर्ने कर्मचारी २० बर्षीया किसोरी सुजता तामाङको हत्या गर्ने आरोपीलाइ प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । किसोरी हत्याका आरोपी हिलिहाङ गाँउपालिका ६ निवासी १९ बर्षीय घनेन्द्र लावती रहेका छन् ।  लावतिलाइ विहिबार राति ८ बजे डिएपी नरेन्द्र कुवरको नेतृत्वले पक्राउ गरेको हो । आरोपी लावतिलाइ वडा नम्बर ५ मा लुकेर बसेको अवस्थामा पक्राउ गरीएको र अदालतमा म्याद थप गरी थप अनुसन्धान गरीरहेको पत्रकार सम्मेलनमा डिएसपी कुवरले जनाए ।

कर्मचारी तामाङलाइ लावतीले असार ३ गते हत्या गरेका थिए । लावतीले तामाङबाट नगद ८१ हजार ७० रुपैया लुटेर हत्या गरीएको खुल्न आएको जनाइएको छ । डिएसपी कुवरले पैसाको लोभमा हत्या भएको जनाए । प्रहरीले लावती बाट लुटिएको नगद र हत्यामा प्रयोग गरीएको खुकुरी समेत बरामत गरेको छ । तामाङलाइ लावतीले सोहि पालिका सिक्टे भन्ने स्थानमा जङगलमा धारीलो हतियार प्रयोग गरी हत्या गरेका थिए । डिएसपी कुवरको अवल अनुसन्धानको क्रमले हत्या आरोपी प्रक्राउ परी कानुनी कठघरमा ल्याउन सफल मानिएको छ ।

प्रतिक्रिया