रुपनी राइडर्स विजयी

सप्तरी ।  मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत पाँचौ दिन सम्पन्न २ खेलमा रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागन विजयी भएका छन् । रुपनी राइडर्सले बोदे बर्साइन थन्डर्सलाई तथा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई पराजित आज जित हाँसिल गर्दै रुपनी राइडर्सले ४ खेलमा ३ जित र १ नतिजाविहिन अंक सहित ७ अंक बटुली प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ ।

लिगको अन्तिम खेलमा शनिबार तिलाठी कोइलाडी र डाक्नेश्वरी ड्रागन बीच खेल हुनेछ जसको विजेता टिमले फाइनलमा स्थान बनाउनेछ । शुक्रबार सम्पन्न दोश्रो खेलमा रुपनी राइडर्सले ११२ रनले पराजित ग¥यो । पहिले ब्याटिंग गर्दै रुपनी राइडर्सले दिएको २७४ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साइनले १८.३ ओभरमा सबै विकेट गुमाएर १६१ रन आत्रे बनाउन सक्यो ।

बोदे बर्साइनको लागि कप्तान मन्जित श्रेष्ठले अविजित ६६ रन बनाए जुन क्रममा ३९ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । अमित यादबले ३१ तथा बिधान गोश्वामीले २२ रन बनाए । रुपनीको लागि बलिङमा गोमानन्द अमात्यले ३ विकेट तथा अनोज यादब र प्रदिप पासवानले २र२ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले २० ओभरमा १ विकेट गुमाएर २७३ रनको विशाल योगफल तयार गरको थियो । सन्तोष कार्की र सोनु अन्सारीले रुपनीको लागि शतकीय इनिंग खेल्ने क्रममा विस्फोटक ब्याटिंग गरे। सन्तोषले १०० रन बनाउन ४५ बलमा ५ चौका र ११ छक्का प्रहार गरे । सोनु अन्सारीले अविजित ११४ रन बनाउन ५६ बलमा ५ चौका र १३ छक्का प्रहार गरे । इनिंगको अन्तिम तिर मेहबुब आलमले पनि अविजित अर्धशतक बनाए जुन क्रममा २० बलमा ७ छक्का र १ चौका प्रहार गरे ।

बोदे बर्साइनको बलिंगमा मन्जित श्रेष्ठले १ मात्र विकेट लिएपनि ४ ओभरमा ६४ रन खर्चिए । ओपन राइले ४ ओभरमा ५५, अमित यादबले २ ओभरमा ४५ तथा बिधान गोश्वामीले ४ ओभरमा ५१ रन खर्चिए । दिनको पहिलो खेलमा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई ५ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गर्दै बजाज खडक वारियर्सले दिएको १२३ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले मात्र ५ विकेट गुमाएर १८.५ ओभरमा पुरा ग¥यो ।

लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीका ओपनर बिशाल सुश्लिंगले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ५२ बलमा ८ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान प्रेम तामांगले अविजित २१ तथा राहुल मण्डल र अभिनाश कर्णले १२र१२ रन बनाए । वारियर्सका बलर संसाद शेख, नन्दन झा, मनिष मण्डल र अमित दासले १र१ विकेट लिए । यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ८ विकेट गुमाएर १२२ रनको योगफल तयार गरको थियो ।

कप्तान राजेश पुलामीले वारियर्सको लागि सर्वाधिक ७४ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलामीले उक्त रन बनाउन ४५ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए । १०.२ ओभरमा ५२र५ को अवस्थाबात पुलामीले संसाद शेखसंग छैठौं विकेटको लागि ४८ रनको साझेदारी गरेका थिए। संसादले ९ रन बनाए । डाक्नेश्वरी ड्रागनको लागि राहुल मण्डल र रोबिन सिंहले समान २र२ विकेट लिए । चित्रबहादुर बिस्ट, बिशाल सुश्लिंग र प्रेम तामांगले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच बिशाल सुश्लिंग चुनिए ।

प्रतिक्रिया