शिल्भा र रेनी बने मिस्टर एन्ड मिस एसइई

काठमाडौं । ‘मिस्टर एन्ड मिस एसइई ग्ल्याम–२०१९’ को उपाधि शिल्भा भट्टराई र रेनी गुरुङले हात पारेका छन् । शिल्भा मोस्ट ट्यालेन्ट, बेस्ट र्याम्पवाक उपाधिसहित केटातर्फको बिजेता बने भने रेनी भ्युवर्स च्वाइस्, पब्लिक च्वाइस् र बेस्ट स्किन उपाधिसहित केटीतर्फको बिजेता घोषित भइन् ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतिस्पर्धामा केटातर्फ सिमोन तामाङ मस्ट फोटोजेनिक, म्यानेजमेन्ट च्वाइस्सहित फस्ट रनरअप, प्रतिक केसी बेस्ट पर्सनालिटीसहित सेकेन्ड रनरअप र अनित राई फेसबुक च्वाइस्सहित थर्ड रनरअप घोषित भए । प्रतियोगितामा पब्लिक च्वाइस्, भ्युअर्स च्वाइस् र मस्ट पपुलर उपाधि कमल श्रेष्ठले प्राप्त गरे ।

त्यसैगरी केटीतर्फ शुभेच्छा वाग्ले बेस्ट ¥याम्पवाक र मस्ट फोटोजेनिकसहित फस्ट रनरअप, क्रिपा ढकाल मिस ट्यालेन्टसहित सेकेन्ड रनरअप र स्वस्तिमा खड्का बेस्ट स्माइलसहित थर्ड रनरअप बिजेता घोषित भए ।

आकाश गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगितामा केटीतर्फ सृष्टि कला राई मस्ट पपुलर, बर्षा बोहरा फेसवुक च्वाइस्, बेस्ट डान्स र युट्युब बेस्टभ्युज, रचना श्रेष्ठ सोसिएल रेस्पोनसिवल, ऐश्वर्या तन्डुकार बेस्टहेयर, सुस्मिता रानाभाट बेस्ट डिसिप्लिन, अन्जना रावल बेस्टस्पिच, मेन्खु शेर्पा मस्टफिटनेस, सर्किला कार्की मस्ट फ्रेन्डली, दिलासा मगर म्यानेजमेन्ट च्वाइस, बेस्टसिंगर स्मृति पौडेल बन्न सफल भए ।

प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश बुढ़ाथोकी, हिस्सानका अध्यक्ष रमेश सिलवाल, संगीतकार सरोज प्याकुरेल, अभिनेता गजित विष्ट, गायक डा.आभास लाभ, आइडियल स्कुलका संस्थापक पूर्ण लामा, मिसेस नेपाल इन्टरनेसनल तथा मिसेस एसिया प्यासिफिक चन्दा थापा गिरी रहेका थिए । अश्विनी झाको कोरियोग्राफी रहेको उक्त प्रतिस्पर्धामा एसइई दिएर बसेका किशोरकिशोरीको प्रतिभा निखार्दै उद्देश्यले गरिएको ग्ल्याम वल्र्डका सिइओ प्रिती कार्कीले जानकारी दिइन् ।

प्रतिक्रिया