कालीकोट । स्थानीयतहमा जनप्रतिनिधि आएपछि जातीयविभेद कम हुँदै गएको छ । जनप्रतिनिधि आएपछि चेतनामूल कार्यक्रम धेरै हुने गरेको तथा कानुनी प्रावधानहरूका बारेमा जानकारी हुन थालेपछि विभेद कम हुन थालेको महसुस भएको दलित समुदायको भनाइ छ ।
खाँडाचक्र नगरपालिका कालीकोटको सहयोग तथा ज्वाला मिडिया प्रालि कालीकोटको आयोजनामा भएको जातीय भेदभाव उन्मूलन तथा दलित अधिकारका विषयमा भएको बृहत् साझा अन्तत्र्रिmया कार्यक्रममा यस्तो भनाइ आएको हो ।
तिलागुफा नगरपालिका गोरख नेपालीले पहिलेभन्दा अहिले जातीय छुवाछुतका घटनामा कमी आएको बताएका छन् । उनका अनुसार अहिले अन्य जाति, दलित एवं गैरदलित सबै जना सहभोज जाने, सँगै बस्ने खाने गरेको कुरा सुनाए । प्रत्येक वडामा दलित सदस्य छन् । स्थानीयतहमा जनप्रतिनिधि पुगेपछि विभेद विरुद्धका चेतनामूलक कार्यक्रमहरू पनि बाक्लो हुने गरेको छ भने विभेद विरुद्धका कानुनी प्रावधानहरूका बारेमा पनि नागरिकलाइ जानकारी हँुदै गएको छ । जसले गर्दा विभेद कम हुदै गएको खाँडाचक्र नगरपालिका–९ की विजु विश्वकर्माले बताइन् ।
विभेद विरुद्धको कानुनी व्यवस्था, शिक्षा र चेतनाका कारण अन्धविश्वास कम हँुदै गएको हो । कालिकोटमा सामाजिक सद्भाव र जातजातीबीचको आपसी सहकार्य बढिरहेको र यसले गर्दा समाजमा जातीय छुवाछुतमा कमी आएको हो खाँडाचक्र नगरपालिका–८ का वडाध्यक्ष आदिचन्द्र चौलागार्इंले बताए । चौलागार्इंका अनुसार पहिले तुलनामा अहिले धेरै कमी आएको र बुढापाकाहरूले विभेद गरे पनि नयाँ पुस्ताले जातीय विभेद नगरेको बताएका छन् ।
नेपाल दलित सेवा संघ कालीकोटका अध्यक्ष दानबहादुर विश्वकर्माका अनुसार कालिकोटमा जातीय छुवाछुतका घटना हुँदै नभएको होइन, तर कमि आइरहेको छ । जातीय विभेदविरुद्ध अधिकारकर्मी तथा जनप्रतिनिधिको पहलका कारण यो संभव भएको उनले बताएका छन् ।
संविधानअनुसार कोही कसैलाई, कुनै पनि आधारमा निजी वा सार्वजनिक स्थान, कतै पनि विभेद गर्न पाइँदैन । स्थानीय तहले अझै पनि विभेद विरुद्धका चेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने सरोकारवालाको भनाइ छ । जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीको प्रमुख आतिथ्यता, ज्वाला मिडिया प्रालि कालीकोटका अध्यक्ष कर्ण विश्वकर्माको सभाध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की र खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया