काठमाडौँ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी फेरि अर्को विवादमा फँसेका छन् । केही दिन अघि पत्रकारको नाकको डाँडी भाँच्न एक करोड छुट्याएको छु भन्दै अभिव्यक्ति दिएर विवादमा तानिएर भाइरल बनेका मेयर चौधरी फेरी असार ५ गते सार्वजनिक कार्यक्रममा महिलाको अस्मिता र आत्मसम्मानमा प्रहार हुने गरी सार्वजनिक स्थानमा दिएको अभिव्यक्ति दिएका कारण पुनः विवादमा तानिएका हुन् ।
मेयर चौधरीको पछिल्लो अभिव्यक्तिप्रति विभिन्न महिला संघ संगठनले आपत्ति जनाउदै भत्र्सना गरेका छन् भने सोही विषयलाई लिएर इटहरीबाटै महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले प्रेस बिज्ञप्ती जारी गर्दै मेयर चौधरीलाई कारबाहीको माग गरेका छन् । मेयर चौधरीले सार्वजनिक कार्यक्रममा महिलाको नाम लिँदै आपत्तिजनक शब्द प्रयोग गरेका थिए ।
‘मेयरले अभिव्यक्त गरेका शब्दहरु आपत्तिजनक छन, अपमानपूर्ण छन् । उनको सो अभिव्यक्तिले महिलाको आत्मसम्मान तथा स्वाभिमानमाथि प्रहार गरेको हाम्रो ठहर छ । उनले प्रयोग गरेको भाषा तथा शब्द कानुनी रुपमा समेत बर्जित शब्द हुन् । त्यस्ता शब्द प्रयोग गर्नेहरुलाई अविलम्ब कानुनी कारवाही गरिनु पर्दछ’ सञ्जालकी अध्यक्ष बिमला ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया