एजेन्सी, अमेरिका । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा पाराग्वेसँग बराबरी खेलेको छ । बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग एक–एक गोलको बराबरी खेलेको हो । यसअघि पहिलो खेलमा कोलम्बियासँग पराजित अर्जेन्टिना दोस्रो खेलमा पनि रोकिएपछि दबाबमा परेको छ ।
अर्जेन्टिनाभन्दा उत्कृष्ट खेल खेलेको पाराग्वेले लगातार दबाब बनाएको थियो । ३७औँ मिनेटमा गोल गर्दै पाराग्वले पहिलो हाफमा १–० को अग्रता बनाउन सफल भयो । पाराग्वेका लागि रिचर्ड राफेस सान्सेजले गोल गरेका थिए । १–० ले पछि परेको अर्जेन्टिनाले ५४ मिनेटमा भीएआरका कारण पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई लियोनल मेस्सीले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए ।
पाराग्वेका अल्बर्टो गोन्जालेजले पेनाल्टी मिस गरेपछि अग्रता बनाउन असफल भए । त्यसपछि थप गोल हुन नसकेपछि दुवै टिमले एक–एक अंक लिन सफल भए । पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जेन्टिनालाई दोस्रो चरणमा प्रवेश गर्न कठिन बनेको छ । तालिकामा १ अंक जोडेको अर्जेन्टिना समूह बीको चौथो स्थानमा छ भने ६अंक जोडेको कोलम्बिया शीर्ष स्थानमा छ ।
अबको खेलमा कोलम्बिायलो पाराग्वेलाई पराजित गर्दा अर्जेन्टिनाले कतारलाई हराए अर्जेन्टिना दोस्रो चरणमा पुग्नेछ । यसअघि भएको खेलमा कोलम्बियाले कतारलाई १–० ले पराजित गरेको थियो । कोपा अमेरिकाअन्तर्गतकै बिहीबार बिहान भएको खेलमा अर्को खेलमा कोलम्बियाले कतारमाथि जित निकालेको छ । लगातार दुई जित निकालेपछि कोलम्बिया नकआउट चरणनजिक पुगेको छ ।
साओ पाउलोमा भएको खेलमा डुभान जापाटाको एकमात्र गोलले कोलम्बियालाई नकआउट चरण नजिक पु¥याएको हो । उनले खेलको ८६औँ मिनेटमा गोल गरेका थिए । जितसँगै कोलम्बियाले समूह बीमा ६ अंक जोडेको छ । कतारको भने एक अंक मात्र छ । ब्राजिल भने भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिन पुग्यो । बराबरीसँगै ब्राजिलले दुई खेलबाट ४ अंक बनाएको छ ।
समूह सी मा २ खेलको समाप्तीमा शतप्रतिशत नतिजा निकालेको कोलम्बिया ६ अंकका साथ अन्तिम ८ मा प्रवेश गरेको छ भने समान खेलमा २ अंक जोडेको पाराग्वेले दोस्रो स्थानमा छ । समान खेलमा समान १ अंक जोडेको कतार र अर्जेन्टिना क्रमश तेस्रो र चौथो स्थानमा छ । समूहको शीर्ष २ टोली क्वाटरफाइनल प्रवेश गर्नेछन् ।
साथै उत्कृष्ट २ तेस्रो स्थानको टोलीले पनि अघिल्लो चरणमा स्थान बनाउने छन् । त्यसैले अर्जेन्टिनाको अघिल्लो चरण प्रवेश सम्भावना भने सकिसकेको छैन । ‘हामीले आज जित्न पर्ने थियो’,अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले भने, ‘दोस्रो हाफमा खेल बराबरीमा ल्याएपनि पुन पाराग्वेलाई पेनाल्टीको अवसर दिँदा हामी हारको संघारमा पुग्याँै । फ्रयाङकोले आज टोलीको उद्दार गरे । जसका कारण हाम्रो अघिल्लो चरण प्रवेश सम्भावना कायम नै छ ।’ समूहको अन्तिम खेलमा अर्जेन्टिनाले कतार र पाराग्वेले कोलम्बियाको सामना गर्नेछ ।
प्रतिक्रिया