काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदेश ३ मा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाई, कम्पनी संचालक समितिका अध्यक्ष शुलभ अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्णले संयुक्त रुपमा उद्घाटन गरे ।
कम्पनीले देशको संघिय ढाँचा अनुसार प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्ने थालनी स्वरुप प्रदेश नं. ३ को प्रादेशिक कार्यालय काठमाडौंको बबरमहलमा स्थापना गरेको हो । सो कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरुको समन्वय एवं ब्यवस्थापनको काम गरिने ब्यवस्था गरिएको छ ।
प्रतिक्रिया