विराजको चलचित्रलाई १० लाख

काठमाडौं । अभिनेता विराज भट्टले निर्माण गर्न लागेको चलचित्र ‘साङ्लो’ का लागि डोटीको जोरायल गाउँपालिकाले १० लाख सहयोग गर्ने भएको छ ।

डोटेली कलाकार बिराजले बनाउन लागेको उक्त चलचित्र निर्माणमा सहयोग गर्ने उद्देश्य राखेर गाउँपालिकाको २७ जेठमा बसेको गाउँसभाले उक्त निर्णय गरेको हो ।

जोरायल क्षेत्रमै चलचित्रको छायांकन गरिने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा त्यसले सहयोग पुग्ने भएकाले रकम प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।

प्रतिक्रिया