निलेन्द्रलाई साटाको अध्यक्षमा निरन्तरता

काठमाडौं । नेपाल ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले दक्षिण एसियाली ट्राइयाथलन संघ ९साटा० को अध्यक्षमा निरन्तरता पाएका छन् । यस अघि पनि अध्यक्ष रहेको श्रेष्ठलाई दक्षिण कोरियाको ग्योङजुमा भएको दक्षिण एसियाली ट्राइयाथलन संघको साधारण सभाले श्रेष्ठलाई पुनः ४ वर्षका लागि अध्यक्षमा निरन्तरता प्रदान गरेको कोरियाबाट अध्यक्ष श्रेष्ठले जानकारी गराएका छन् ।

संघको उपाध्यक्ष्मा मालदिभ्सका माहिद सरिफ, महासचिवमा भारतका राकेश गुप्ता, कोषाध्यक्षमा बंगलादेशका महमुदुल करिम र सदस्यमा श्रीलङकाका साम विक्रमासिंघे रहेका छन् । दक्षिण एसियाली ट्राइयाथलन संघको अध्यक्षमा निर्वाचित भए पश्चात श्रेष्ठ स्वतः एसियाली ट्राइयाथलन महासंघको सदस्यमा मनोनित हुनेछन् । एसियन ट्राइयाथलनको साधारण सभामा सहभागिता जनाउन अध्यक्ष श्रेष्ठ र सचिव ललित कुमार लामा हाल दक्षिण कोरियामा रहेका छन् ।

प्रतिक्रिया