होण्डाको ‘डियो डिएलएक्स’ नेपालमा

काठमाडौं । नेपालकालागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता र ज्योति ग्रुपको एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ्ग कम्पनीले ‘डियो’ स्कुटरको नयाँ मोडेल होण्डा ‘डियो डिएलएक्स’ नेपाली बजारमा भित्र्याएको छ ।

समकालीन शहरी डिजाइनमा आधारित होण्डा ‘डियो डिएलएक्स’मा आकर्षक र स्टाईलिस लुक रहेको छ जसले आधुनिक स्कुटरहरु लाई पूर्णरुपमा रि–डिफाइन गर्न सफल भएकोे कम्पनीले उल्लेख गरेको छ ।

उत्कृष्ट माइलेज भएको १०९ सिसि ईन्जिनयुक्त यस ‘डियो डिएलएक्स’ मा चालकको सहजताका लागि पूर्ण डिजिटल मिटरका साथै ईको स्पिड इण्डिकेटर रहेको छ । सिट ओपनिङ स्विचका साँथै फोर ईन लक सिस्टम पनि रहेको छ । नयाँ ‘डियो डिएलएक्स’ को नेपाली मूल्य २ लाख ३ हजार ९ सय तोकिएको छ ।

प्रतिक्रिया