डाक्नेश्वरी ड्रागनको जित

सप्तरी । सप्तरीको राजविराजमा जारी मेयर कप सप्तरी प्रिमियर लिग–२ प्रतियोगिताको दोश्रो दिन सम्पन्न २ वटा खेलमा मेहबुब आलम कप्तानीको रूपनी राइडर्स र पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागनले जित हासिल गरेको छ ।  पब्लिक विन्देश्वरी स्कुल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा खेलमा मेहबुब आलम कप्तानीको रूपनी राइडर्सले तिलाठी कोइलाडी जायन्टसलाई ५ रनले पराजित ग¥यो । वर्षाको कारण मैदान भिजेकोले ढिला सुरु भएको खेल ५–५ ओभरमा छोट्याएर खेलाइएको थियो । टस हारेर ब्याटिंग गरेको रूपनी राइडर्सले निर्धारित ५ ओभरमा ८ विकेट गुमाएर ३२ रनको योगफल तयार गरेको थियो ।

लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीले विकेट नगुमाए पनि ५ ओभरमा मात्र २७ रन बनाउन सक्यो । सुनिल धमला र कप्तान रोहन बिक क्रमशः ११ र १२ रनमा अविजित रहे पनि जित दिलाउन सकेनन् । अन्तिम ओभरमा जितको लागि ११ रन आवश्यक हुँदा सैदुल्लाह अन्सारीले मात्र ५ रन खर्चिन पुगे । अन्तिम बलमा आवश्यक ६ रन सुनिल धमलाले प्रहार गर्न सकेनन् ।

रूपनीका बलर गोमानंद अमात्यले १ ओभरमा मात्र ४ रन, प्लेयर अफ द म्याच चुनिएका अनोज यादबले २ ओभरमा ८ रन तथा सैदुल्लाह अन्सारीले २ ओभरमा १३ रन खर्चिए । यस अघि पहिले ब्याटिंग गर्ने क्रममा रूपनीको लागि मेहबुब आलमले सर्वाधिक १० रन बनाउन ४ बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । तिलाठी कोइलाडीका बलर अनिल यादबले ३ विकेट , रोहित सिंहले २ विकेट तथा कमल ओलीले १ विकेट लिए ।

यस्तै दिनको दोश्रो खेलमा पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागनले मन्जित श्रेष्ठ कप्तानीको बोदे बर्साइनलाई ७ विकेटले पराजित ग¥यो । खेलमा पहिले ब्याटिंग गर्दै बोदे बर्साइनले दिएको एक सय १९ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले १८ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । जितमा विशाल सुश्लिंगले अविजित ३५ रन बनाए भने कप्तान पुष्प थापाले अविजित २९ र दिपेश कंडेलले २४ रन बनाए । विशाल र दिपेशले तेश्रो विकेटको लागि ४५ रनको तथा पुष्प र बिशालले चौथो विकेटको लागि ३९ रनको अविजित साझेदारी गरे ।

बोदे बर्साइनको लागि बलिंगमा मिनास थापा , ओपन राइ र मन्जित श्रेष्ठले १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिंग गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १८ रनको योगफल तयार गरेको थियो । उसको लागि कप्तान मन्जित श्रेष्ठले सर्वाधिक २४, मुकुन्द यादबले २०, पवन दासले १५ तथा आदर्श यादबले अविजित १७ रन बनाए । डाक्नेश्वरीका बलर चित्र बहादुर थापा, रोबिन सिंह र दिपेश कंडेलले समान २र२ विकेट लिए ।

प्रतिक्रिया