एनआईसी एसिया बैंक र राष्ट्रिय बिमा संस्थानबीच बैंकासुरेन्स

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहक महानुभावहरूले मुलुकभर फैलिएको २ सय ८४ वटै शाखा कार्यालयहरूबाट सहज रूपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरू खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक श्री कवि प्रसाद पाठकले हस्ताक्षर गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ८४ शाखा कार्यालयहरू, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३२ वटा शाखा रहित बैंकिङ इकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया