गर्मीले सर्पदंशका बिरामी बढ्दै

रौतहट । गर्मी बढेसँगै रौतहटको उत्तरी भेगमा सर्पदंशका बिरामी बढ्दै जान थालेका छन् । गर्मी बढेसँगै अस्पतालमा सर्पदंशका बिरामीको चाप बढेको अस्पतालले जानकारी दिएको छ । हालसम्म चन्द्रनिगाहपुर अस्पतालमा मात्र ६२ जनाले सर्पदंशको उपचार गराएका छन् । धेरैजसो कम विष भएका सर्पले टोकेको बिरामीहरू अस्पताल आएको चन्द्रनिगाहपुर अस्पतालकी डा.काजल प्रकाशले बताइन् ।

दैनिक रूपमा सर्पले टोकेको भन्दै बिरामीहरू उपचारमा आउने र केही बिरामी भने सर्पले टोकेको आशंकामा उपचार गराउन आउने गरेको चन्द्रनिगाहपुर अस्पतालकी डा. काजल प्रकाशले बताइन् । रौतहटमा गोमन, करेत, धामन प्रजातिका सर्प धेरै पाइन्छ । विषालु सर्पको टोकाइपछि समयमा नै उपचार नपाउँदा बर्सेनि धेरैले ज्यान गुमाउँदै आएका छन् । आपूm बस्ने घर खरको र कच्ची माटोको हुने भएकोले किरा तथा सर्पहरू घरभित्रै हुने गरेको बढिजसो आपूmहरू सर्पको टोकाइका कारण अस्पतालमा आउने बिरामीहरू बताउँछन् ।

गोमन सर्पले टोकेमा एक घण्टाभित्रै अस्पताल पु¥याउन चिकित्सकहरूले सल्लाह दिने गरेका छन् । शंका लागेमा चाँडोभन्दा चाँडो अस्पताल नलैजाँदा बिरामीको मृत्यु हुने गरेको छ । सर्पले टोकेमा वा शंका भएमा तुरुन्त सर्पले टोकेको उपचार गर्ने अस्पतालमा गएर उपचार गराउन चन्द्रनिगाहपुर सरकारी अस्पतालका डाक्टर काजल प्रकाशले सुझाव दिएका छन् ।

सर्पले टोकेको शंका लागेमा तुरुन्त अस्पताल जानुपर्ने, सबै सर्पको टोकाइ विषालु नहुने भएकाले सर्पले टोेकेको भागमा चलाउन नहुने, विष झार्ने भन्दै घाउ चिर्न नहुने, टोकेको भागभन्दा माथि धेरै कसेर बाँध्न नहुने, सर्पले टोकी हालेमा आत्तिने, डराउने र घरमा नै झारफुक तथा जडीबुटीभन्दा पनि तालिम प्राप्त चिकित्सक भएको अस्पतालमा जानुपर्ने प्रकाशको सुझाव रहेको छ ।

रौतहटको उत्तरी भेगमा सर्पले टोकेका बिरामीको उपचार चन्द्रनिगाहपुर अस्पतालमा हुने गरेको छ । यस्तै जिल्ला अस्पताल गौरमा पनि सर्पले टोकेका बिरामीहरू दिनहुँजसो आउने गरेका छन् । बिरामीका लागि ऐन्टी स्नेक भेनम औषधि अभाव नरहेको चन्द्रनिगाहपुर अस्पतालले जनाएको छ ।

प्रतिक्रिया