प्रम ओलीले गुठी विधेयक बारे पत्रकार सम्मेलन गरेर भनाइ सार्वजनिक गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकोमा आफू दुःखी भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्दै भनेका छन्, ‘समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।’

प्रतिनिसभाको आजको बैठक सुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बोधनका लागि समय दिएपछि प्रतिपक्षी कांग्रेसका सांसद्ले रोष्ट्रम घेराउ गरेपछि बैठक स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले सोही विषयमा आज साँझ पाँच बजे पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ सार्वजनिक गर्ने बताएका छन् ।

प्रतिक्रिया