एजेन्सी, अमेरिका । कोपा अमेरिका कपमा उरुग्वेले इक्वेडरलाई ४–० को भारी अन्तरले हराएको छ । सोमबार बिहान भएको खेलमा उरुग्वेले इक्वेडरमाथि फराकिलो जित निकाल्न सफल भयो । त्यसअघि भएको खेलमा कतारले पाराग्वेलाई दुइ दुइ गोलको बराबरीमा रोक्न सफल भयो । समूह ‘सी’अन्तर्गत खेलको छैटौँ मिनेटमा निकोलास लोडिरोको गोलमा उरुग्वेले अग्रता लिएको थियो । २४औं मिनेटमा रक्षक जस क्वेन्टेरो रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि इक्वेडरले १० खेलाडीमा सीमित हुदै खेलको अन्त्य गरेको थियो ।
३३औं मिनेटमा काभानीले बललाई जाली चुमाउँदै उरुग्वेको अग्रता दोब्बर पारेका थिए । त्यसको १० मिनेटपछि स्वारेजले उरुग्वेको अग्रता ३–० मा पु¥याएका थिए । खेल सकिन १२ मिनेट बाँकी हुँदा इक्वेडरका अर्टुरो मिनाले आत्मघाती गोल गरेसँगै उरुग्वेले सहज जित पक्का गरेको थियो । हामीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्दा सहज जित पक्का ग¥यौँ,’कोपा अमेरिकाको चौथो सहभागितमा आएर मात्र गोल खाता खोलेका काभानीले भने, ‘यो महत्वपूर्ण उपलब्धि हो ।
समूह ‘सी’ मा उरुग्वे र इक्वेडरका साथै साबिकको विजेता चिली र पाहुना टोली जापान पनि रहेको छ । गोलअन्तरले हाम्रा हारलाई फराकिलो देखाए पनि हामी कमजोर टोली पक्कै होइनौँ,’इक्वेडरका प्रमुख प्रशिक्षक हर्नान डारियो गामेजले भने, ‘हामीले पहिलो हाफमा लय गुमायौँ । त्यो नै खेलको नतिजा सुम्पिन पर्याप्त बन्यो ।’
यता समूह ‘बी’ मा कतारले उत्कृष्ट पुनरागमनमा पाराग्वेलाई २–२ को बराबरीमा रोकेको छ । एसियाली च्याम्पियन कतार जापानसँगै अतिथि टोलीको रूपमा प्रतियोगितामा सहभागी भएको थियो । खेलको चौथो मिनेटमै ओस्कार र्कोडोजोले पेनाल्टी अवसर सदुपयोग गर्दा पाराग्वे खेलमा अघि बढेको थियो । ५६औं मिनेटमा डार्लिस गोन्जाल्वेजले पाराग्वेको अग्रता दोब्बर पारेका थिए ।
६८औँ मिनेटमा अल्मोइज अलीले गोल गर्दै कतारलाई खेलमा फर्काउने संकेत गरेका थिए । खेल सकिन १३ मिनेट बाँकी हुँदा बोआलेम खौकीले बललाई जाली चुमाउँदै कतारलाई हारको संघारबाट जोगाएका थिए । यसअघि समूह बि कै खेलमा आइतबार कोलम्बियाले अर्जेन्टिनालाई २–० ले निराश पारेको थियो ।
प्रतिक्रिया