काठमाडौं । एनआइसी एसिया बैंकले सिरहाको धनगढीमाई नगरपालिका १०, जिरोमाइलमा ३२औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको सो शाखारहित बैंकिङ सेवाको धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले उद्घाटन गरे । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रूपमा भोगिलाल महतो नियुक्त भएका छन् । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयवसीले आफ्नो स्थानीय तहमै प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार सेवाबाट स्थानीयवासीहरूले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन्् । बैंकले देशभर २८४ शाखा, २८९ एटिएम, ४१ एक्स्टेन्सन काउन्टर एवं ३२ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।
प्रतिक्रिया