काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र मुक्तिनाथ विकास बैंकबीच बैंकिङ साझेदारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंक लि. आइएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ । मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र ‘आइएमई पे’मार्फत विभिन्न सेवाहरूको भुक्तानी गर्न सक्नुहुनेछ ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा ‘आइएमई पे’ का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायवप्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
प्रतिक्रिया