‘सानो मन’ को ट्रेलर

काठमाडौं । असार २० गतेदेखि देशभर प्रदर्शन आउन लगेको चलचित्र ‘सानो मन’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आफ्नै हाइटक इन्टरटेनमेन्ट च्यानलबाट चलचित्रको ट्रेलर रिलिज गरेको हो ।  प्रेम कथामा आधारित यो चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम र रोमान्सलाई देखाइएको छ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचारचढावलाई प्रस्तुत गरिएको छ । चलचित्रको यसअघि सार्वजनिक भएको ‘रानु कम्मर’ बोलको गीतले निकै चर्चा बटुल्न सफल भएको थियो । अभिनेत्री गौरी मल्ल, अभिनेता विशाल पहारी, शिशिर वाङ्देल, रश्मीभट्टलगायतका कलाकारको अभिनय रहेको यो चलचित्र सुयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको हो । लभस्टोरी फिल्म रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त छनोट हुन सक्ने विश्वास निर्माण पक्षले राखेको छ ।

चलचित्रको एक गीत थाइल्यान्डको पतायाको समुन्द्री किनारमा खिचिएको छ । काठमाडौं, भैरहवालगायतका ठाउँमा छायांकन गरिएको हो । यस चलचित्रका निर्माता योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धर रहेका छन् । ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाइटेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको यसमा सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेको यस चलचित्रलाई आलोक शुक्लाले खिचेका हुन् । चलचित्र ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए । चलचित्रलाई लिएर अभिनेता आयुष्मान र अभिनेत्री शिल्पा निकै उत्साहित छन् । चलचित्रका प्रोडक्सन डिजाइनर यम ओली हुन् ।

प्रतिक्रिया