कोलम्बियासँग अर्जेन्टिना स्तब्ध

एजेन्सी, अमेरिका । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले खराब सुरुआत गरेको छ । आइतबार बिहान सकिएको खेलमा कोलम्बियासँग २–० ले स्तब्ध हुन पुग्यो । फोन्टे नोभा एरेनामा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा खान पुग्यो ।  अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीसहित मैदान उत्रिएका थिए । कोलम्बियाविरुद्ध बल पोजेसनदेखि टार्गेट गर्नेसम्म जम्मैमा अगाडि रहे पनि गोल गर्न भने अर्जेन्टिना असफल भयो । रोजर मार्टिनेज र डुवान जापाटाको गोलपे्ररित कोलम्बियाले आइतबार कोपा अमेरिकामा अर्जेन्टिनालाई २–० ले हराएको छ ।

समूह बी अन्तर्गत कोलम्बियालाई नतिजा सुम्पिएसँगै लामो समयपछि अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि जिताउने लियोनल मेसीको लक्ष्य पहिलो खेलमै धरमराएको छ । ७२ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई खेलमा अघि बढाएका थिए । खेल सकिन तीन मिनेट बाँकी हुँदा जापाटाले बललाई जाली चुमाउँदै कोलम्बियाको सुखद सुरुआत निश्चित गरेका थिए ।

२० वर्षपछि कोलम्बियाले अर्जेन्टिनालाई कोपा अमेरिकामा हराएको यो पहिलो पटक हो । हामीले अर्जेन्टिनालाई नहराएको धेरै भैसकेको थियो र यसबारे हामीलाई राम्रोसँग थाहा छ । ‘हामी यो जितले खुसी छौँ तर प्रतियोगिता सकिसकेको छैन’,जापाटाले भने, ‘हामी यस जितबाट बटुलेको अनुभव अन्य खेलमा प्रयोग गर्दै उपाधि जित्न चाहान्छाँै ।’

कठिन मानएिको समूह बी मा कोलम्बिया र अर्जेन्टिनासँगै पाराग्वे एसियाली च्याम्पियन कतार रहेका छन् । कतारलाई यसपटक अतिथि टोलीको रूपमा प्रतियोगितामा सहभागिता गराइएको हो । अर्जेन्टिनाले २६ वर्ष यत कुनै प्रमुख उपाधि जित्न सकेको छैन । अर्जेन्टिनाले कोपा अमेरिकाको पछिल्लो २ संस्करणमा चिलीलाई नतिजा सुम्पिएको थियो भने २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग निराश भएको थियो ।

प्रतियोगितमा विजयी सुरुआत गर्न सकेनाँै । तर हामीसँग अझै २ खेल बाँकी छ’,अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले भने, ‘खेलाडीहरुलाई अझै लामो यात्रा तय गर्न बाकी छ भन्ने थाहा छ । गल्ती सच्याउँदै स्वभाविक लयलाई निरन्तरता दिन आवश्यक छ ।’

पहिला हाफमा हामीले लय गुमाएपनि हामी दोस्रो हाफमा खेलमा पकड बनाउँदै धेरै भन्दा धेरै आक्रमण ग¥याँै’,स्कोलानीले थपे, ‘तर हामी पाएको अवसरको सदुपयोग गर्न चुक्यौँ । त्यसको विपरित कोलम्बियाले सुरुआतबाटै लिएको काउन्टर अट्याकको रणनीति सफल भयो । उनीहरूले पाएको दुई वटा अवसरलाई सदुपयोग गर्न सफल भए ।’ अर्जेन्टिना र कोलम्बियाबीचको भिडन्तलाई स्टारले भरिएको अग्रपंक्तिको लडार्इंको रूपमा हेरिएको थियो ।

अर्जेन्टिनी टोलीमा अग्रपंक्तिको मोर्चामा मेसीसँगै सर्जियो अग्विरो र एन्जेल डि मारिया थिए भने कोलम्बियाली टोलीमा ह्यामेस रोड्रिग्वेज,राडामेल फाल्काओ र हुँवा क्वार्डाडो रहेका थिए । भेनेजुएला र पेरु ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको आफ्नो पहिलो खेलमा बराबरीमा रोकिएका छन् । शनिबार राति भएको खेलमा दुबै टोलीले गोल रहित बराबरी खेल्दै १–१ अंक बाँड्न बाध्य भएका हुन् । खेलमा दुबै टोलीले गोल गर्ने अवसर पाए पनि सुरक्षित भने गर्न सकेनन् ।

समूह ‘ए’ मा रहेका दुबै टोलीले बराबरी खेल्दा यसै समूहमा रहेको ब्राजिलले भने तीन अंक जोडी सकेको छ । खेलको ७५औँ मिनेटमा भेनेजुएला १० खेलाडीमा सीमित भएको थियो । लुइस डेल पिनोले दोहोरो पँहेलो कार्डसहित रातो कार्ड पाउँदा भेनेजुएला १० खेलाडीमा झरेको थियो । प्रतियोगितामा एसियाका टिम जापान र कतारसहित १२ टोलीले सहभागिता रहेको छ ।

प्रतिक्रिया