काठमाडौं । हुन्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मनसुन लक्षित आकर्षक योजना ‘हुन्डाई मनसुन डिलाइट’ सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ग्राहकले स्क्र्याच कार्ड मार्फत एक लाखसम्मको नगद छुटका साथै आकर्षक नगदछुट प्राप्तगर्न सक्नेछन् । सो योजना अन्तर्गत एक्सचेन्ज बोनसका साथ लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूलाई स्पट एक्सचेञ्ज र सहज फाइनान्सको पनि सुविधा प्रदान गरिनेछ । सबै हुन्डाई गाडीहरू ४ वर्षको निःशुल्क सर्भिसिङ तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १५ डिलरहरू तथा १७ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ ।
प्रतिक्रिया