एकै टिमको २२ गोल !

काठमाडौं । उपमेयर कप अन्तर नगरपालिका महिला फुटबलकोे दोस्रो दिन बाह्रविसे नगरपालिका र चन्द्रपुर नगरपालिका विजयी भएका छन् । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको दिनको दोस्रो खेलमा बाह्रविसे नगरपालिकाले गोदाबरी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित ग¥यो ।

बाह्रविसेको जितमा अनु राई र सुष्मा तामाङले एक एक गोल गरे । पराजित गोदाबरीका दिपा शाहीले एक सान्त्वना गोल गरिन् । आजै भएको अन्तिम तथा तेस्रो खेलमा चन्द्रपुर नगरपालिकाले भिमेश्वर नगरपालिकालाई २२–० को फराकिलो अन्तरले पराजित ग¥यो । लगातार दोस्रो जित निकाल्ने क्रममा चन्द्रपुरकी रश्मि कुमारी घिसिङले दोहोरो ह्याट्रिक पूरा गरिन् ।

उनले एक्लै खेलमा ८ गोल गरिन् । यस्तै मन्जली योन्जन, र मेनुका आले मगरले पनि ह्याट्रिक पूरा गरे । मन्जलीले ४ गोल गर्दा मेनुकाले ३ गोल गरिन् । यता मनिषा रावत र मेनुका नगरकोटीले २–२ गोल गरे । यस्तै रजनी थोकर, निशा थोकर र समृद्धि सिहले एक एक गोल गरे ।
खेलसँगै समूह सीबाट दुबै खेल जितेको चन्द्रपुर ६ अंकका साथ शीर्ष स्थानमा छ । बाह्रविशेको एक खेलबाट ३ अंक रहेको छ । भिमेश्वर र गोदाबरी अंक विहीन छन् ।

प्रतिक्रिया