बार्सिलोना समर्थ नेपालीकोे भेला

काठमाडौं । स्पेनिस महारथी फुटबल क्लब बार्सिलोनाका नेपाली समर्थकको पहिलो भेला काठमाडौंमा आयोजना भएको छ । ‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ नामक समुहमा क्रियाशील बार्सिलोनाका समर्थकको भेला शनिबार काठमाडौंमा आयोजना गरिएको हो ।

अनौपचारिक रूपमा समाजिक सञ्चारमा सक्रिय समूहले अब आधिकारिक रूपमा संस्थागत संरचना बनाएर आफ्ना गतिविधि अघि बढाउन भेलाको आयोजना गरेको हो । भेलामा नेपाली फुटबल र सामाजिक क्षेत्रमा पु¥याउन सक्ने योगदानको विषयमा छलफल गरिएको थियो । सामाजिक सञ्चालमा सक्रिय समूहले आगामी दिनमा फुटसल र फुटबल क्षेत्रमा केन्द्रित भएर सेवामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

‘पहिले सामाजिक सञ्जालमा मात्र सक्रिय थियौँ, अब सामाजिक तथा नेपाली फुटबल क्षेत्रमा पनि सक्रिय भएर केही योगदान गर्नेछौँ’ समुहका सदस्य कविराज श्रेष्ठले भने । काठमाडौ उपत्यकामा रहेका बार्सिलोनाका समर्थकको भेलामा सहभागिता रहेको थियो । साथै भेलाले आगामी सिजन २०१९–२० का लागि केटीएम स्पोर्टस जोनसँग जर्सीका लागि सम्झौता गरेको छ ।

आगामी सिजन बार्सिलोनाका समर्थकले खेल्ने हरेक खेलमा केटीएम स्पोर्टसले जर्सी उपलब्ध गराउनेछ । ‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ मा १ लाख ७५ हजारभन्दा बढी सक्रिय सदस्य रहेका छन् ।

प्रतिक्रिया