दुई दिनमै ३८ लाख बराबरको समान बरामद 

सिरहा । नेपाल र भारतको सीमामा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा चतुर्बेदीले निगरानी बढाएका छन् । एसपी चतुर्बेदी  सीमामा निगरानी बढाउनसाथ दुई दिनमै करिब ३८ लाख ७५ हजार ६ सय बराबरको मालसमान बरामद भएको हो । केही दिनदेखि सीमा नाकालाई तस्कर संगठनहरूले कमाइ खाने भाडो बनाएकै बेला एसपी चतुर्बेदीको निगरानी बढेको बताइएको छ ।

प्रहरी सिरहाको विभिन्न ठाउँमा भन्सार छलीका सामानहरू बरामद गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोली र प्रहरी चौकी लगडीगोठका संयुक्त टोलीले सिरहा नगरपालिका–१८ जरुवा टोलस्थित नेपालबाट स १ च १३४९ नम्बरको बोलेरो गाडीमा अबैध रूपमा भारततर्फ लाँदै गरेको १० वटा राँगा बरामद गरेको छ । राँगाको मूल्य करिब २ लाख र बोलेरो गाडीको मूल्य करिब ३५ लाख गरी जम्मा ३७ लाख बराबरको मालसामान बरामद गरेको हो ।  गाडी चालक जिल्ला सिरहा गोलबजार नगरपालिका–४ का ३० वर्षीय सिताराम साहलाईसमेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडर सिरहामा बुझाइएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय ठाडीबाट खटिएको प्रहरीको टोलीले करिब १० हजार बराबरको मदिरा  बरामद गरेको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहा मातहत प्रहरी चैकी खिरौना सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिरहा जिल्ला सिरहा नगरपालिका–१५ स्थित चेक जाँच गर्ने क्रममा प्रहरीले ४१ हजार एक सय चालिस बराबरको किराना सामान पनि बरामद गरेको छ । बरामद गरिएको समान भन्सार कार्यालय माडर सिरहा बुझाएको जनाइएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोली र  प्रहरी चौकी माडर सिरहाबाट समेत संयुक्त टोलीले सिरहा नगरपालिका–१५ सुखचैनाचौकमा भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै  गरेको करिब ६५ हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जनाइएको छ ।

यसैबीच जिल्ला सिराहा गोलबजार नगरपालिका–४ स्थित भित्री सडक खण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने  क्रममा महनौरबाट गोलबजार तर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा करिब ३९ हजार बराबरको लत्ताकपडा बरामद गरेको छ । बरामद सामान आवश्यक कारवाहीको लागि  भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय सिराहाले जनाएको छ ।

प्रतिक्रिया